तुलसीपुर, दाङ – “गाउँघरमा वाइसीएल भन्नासाथ अहिले पनि कतिपयले डराउँछन्, यिनिहरूले त आक्रमण गर्छन् भन्ने आरोप पनि सुनिन्छ। तर हामी त्यो कार्यशैली परित्याग गरेर अब रचनात्मक अभियानमा लाग्छौं।”
यो भनाइ वाइसीएल नेपालका नव निर्वाचित केन्द्रीय अध्यक्ष पुष्प ओलीको हो। शनिबार प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाले आयोजना गरेको बधाई तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संगठनको छवि परिवर्तन गर्ने अठोट गरेका हुन्।
उनले वाइसीएल अब स्वरोजगारमुखी तालिम, विपद् व्यवस्थापनमा खटिनु, र विकास निर्माणका कार्यहरूमा सक्रिय सहभागिता जनाउने संस्था बन्ने स्पष्ट पारे। “हामी नाराको राजनीति होइन, अब कार्य र सेवा केन्द्रित राजनीतिमा लाग्नेछौं,” उनले भने।
कार्यक्रम प्रेस सेन्टर तुलसीपुर शाखाका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा ओलीसहित वाइसीएलका अन्य पदाधिकारीहरूलाई स्वागत र बधाई दिइएको थियो। उपस्थित पत्रकार, बुद्धिजीवी तथा सर्वसाधारणले नयाँ नेतृत्वको सफल कार्यकालको कामना व्यक्त गरेका थिए।
कार्यक्रममा प्रेस युनियन दाङ्का अध्यक्ष नारायण खड्का , प्रेस सेन्टर दाङका सचिब दिपक बोहरा लगाएतले सुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण प्रेस सेन्टर तुलसीपुरक सदस्य प्रकाश के सी ले गरेका थिए ।